विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पन्छाउँदै संकटा क्लब राजधानीमा जारी
एन्फा कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। दशरथ रंगशालामा
सोमबार भएको अन्तिम सेमिफाइनलमा आर्मी क्लबलाई १–० ले हराउँदै संकटा
उपाधिनजिक पुगेको हो।
संकटालाई जिताउन खेलको ६२औं मिनेटमा सुमन लामाले गोल गरे।
अब उपाधिका लागि संकटाले उपाधिका बुधबार झापा फुटबल क्लबसँग फाइनल
खेल्नेछ। हिजो सेमिफाइनलमा सशत्र प्रहरीलाई २–० ले हराउँदै झापाले फाइनलमा
ठाउँ बनाएको हो।
८ टोली सहभागी प्रतियोगिताको विजेताले दश लाख तथा उपविजेताले पाँच लाख
रुपैयाँ जित्ने छन्। यस्तै दुई सेमिफाइनलिष्टहरु आर्मी र सशस्त्रले समान
एक–एक लाख रुपैयाँ जितिसकेका छन्।
सेतोपाटी बाट साभार
Title :
आर्मीलाई पन्छाउँदै संकटा एन्फा कपको फाइनलमा !
Description : विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पन्छाउँदै संकटा क्लब राजधानीमा जारी एन्फा कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। दशरथ रंगशाल...
Rating :
5