न तर्कुल्ले न बर्धन्ने, न एक्लक्के न दुइ लक्के, बाइमात्रा र दाहिनेको
त झन के कुरा गराई भो ! नेपाली बर्णमाला कति थान अक्षेर हुन्छ भनेर सोध्ने हो भन्ने हिजाज सयमा नब्बे स्वघोषित गजलेले प्रस्ट भन्न सक्दैनन !
‘तपाइले लेख्नु भाको
गजला एस्तो गल्ति भाको र छ नि’ भनेर जान्नेले भन्यो भने बुर्लुक्क बार
हात उफ्रिने देखि परि आको खण्डमा ‘बीर भीमसेन’ बन्न बेर नलाम्ने पनि उल्कैछन
! आफ्नो रचनाको कमि-कमजोरी देख्न र सुन्न नै चाँहदैनन् ठ्याक्कै नयाँ
नेपालको गणतन्त्रे पार्टीका नेताहरु जस्ता ! हिजाज सामाजिक संजाल फेस्बुका देखि
ट्वीटरा हिन्दि सिरियल ‘सास-बहु’ स्टैलाँ धाराबाहिक गजल बाण हान्छन् तर
सक्कल हो कि नक्कल खुट्याउनै गारो !
पियारा, पियारी, बाँच्न गारो भो, दिल घायल भो रे, मदिरा देखि मधुशाला हुँदै बिष पिउने अनि नयन बर्षा बर्षे झरी आदि-इत्यादि यस्तैमा गजल लेखेर ‘तमोर माथी चौध टनको
भारि बोकेर उकालो लाग्या माल गाडीझैँ ठसठस कनेर’ गजल पोस्टिन्च्च्न अनि
आर्कोले छूस्स ‘ओइ तेरो नोटको गजल त ढिस्कानाको वाला देखियो’ अथवा फलानाको ब्ल्गा
पोस्टियोनी’ भनेर त्यति भन्दिनु पर्छ अनि सुरु हुन्छ फेस्बुक देखि ट्वीटरा गजल युद्ध !
नामबाट जात हुँदै सुरु भा’को त्यो गजल युद्धले भूगोल
सम्म छुन्छ !
खाडीमा लाउरे बनेका
एक जना ठुला गजलकार रैछन ! तपाइँ कि नेपाली, कि उर्दु, कि हिन्दीमा लेख्नुस् तपाइको शैली राम्रो
छ भनेर भने ! आफुलाई आफ्नो नेपाली रास्ट्र भाषामा हिन्दि उर्दु मिसार
लेख्या बोल्या मन नपर्ने त्यसैले उल्कासंग भाषा बिगारेको देखेर
भनेको यो लाउरे मलायले त्यो नामुदे गजलकार भनाउँदोलाइ,बस जनयुद्दा
माउबादीले जनतालाई तर्साउन पड्काउने सुतली बम झैँ पड्केर उल्का भो गाँठे ! बाध्य भ र
फेस्बुके लिस्टाट ति महान गजलेलाइ निषेध ठोक्नु पर्यो !
गाम्घरा भाको
साउबालाइ गैरी खेत बन्दकी राखेर हुन्छ कि सयकडा पाँच लेर हुन्छ त्यसरी दाम लेर
खाडी मलेस्या छिरे ! तर्तरी कमाको पैसाले सकिन्छ भने पुर्खा भन्दा के कम
भन्दै माटो जोड्नु त कता हो कता ल्यापे देखि ट्याबे किनेर गजल पोस्टिन
सुरु अर्च्च्चन ! दुई बर्ष छुट्टी गो अनि किताप निकाल्न हतार ! तिनले गजलको
किताप ननिकाल्ने हो भने हाम्रा रोटि देखि बेटी साइनो पर्ने बिहारी भैयालाइ
चटपटे बेच्न धरी हम्मेहम्मे हुन्छ !
धेरै महिना पैला
सामाजिक संजालको भितोमा १ जना गीत/गजल लेख्ने चेलीले एल्बम निकाल्न ला’को रैछिन् ! फेसबुक
फुटो हेर्दा सोझी र सिधा देखेर ‘हाउ चेली बिदेसाँ पसिना
चुहार कमाको धन यस्तरी भब्य संग खर्च गर्दा लगानी उठ्ला र ? यति के भंदेको थिए
सरापेर जात्रा गरिन् ! कलाको दाम हुन्च्च ? कलालाई पैसा संग दाज्ने त को
होस् ? मेरो धन जे सुकै गरु पराइलाइ के को खस-खस ? भनेर उल्कासंग थर्काइन गाँठे ! चेली त
दुब्ली पातली सोझी भनेकी त हिन्दि सिनेमा कि झगडालु चरित्र अभिनेत्रीको रोल
गर्ने ‘मुखाले बिन्दु’ पो निस्किन हौ ! सरल्क्क लाएर
लिस्टाट हटाए ! तिनको बारेको बयान गर्दा गतिलाई सिनेमा बन्ने रैछ ! गजल चैँ
हैन सिनेमा चैँ सुपर-डुपर हिट हुन्थ्यो होला बरु !
गजल भनेसी चिल्लो
कागज अनि मोटो सिर्लिक्क परेको गाता अनि त्यस्तै चिटिक्क पर्या डिजाइन
गर्नुपर्च्च बुझ्नुभो हिजाजत ! नत्र पाठकले मन पराम्दैन भनेर हाइड्रोलिक जग लाम्ने
डिजाइनर देखि अनेक सम्मको के कमि छ र नयाँ नेपालाँ ! सप्पैलाई चाहिएको दाम
नै हो क्यार ! न भोक न प्यास भनि खाडी मलेस्यामा दाई वर्ष खटेर कमाको धन
आधा चैँ गजल निकाल्नमा स्वाहा !
अझ हजुरको लेखाइ त
आहा क्या राम्रो भाव, वाह-वाह क्या दाम्मी शेर, मतला हो कि उलामा-सुलामा त झन क्या बेजोडको गाँठे भनेर भन्दिनु पर्छ नाक घिरम्लो जत्रो बनार गजल गाइने देखि झिटी-झ्याम्टा बजामने खोज्न थालिहाल्छन् चक्का देखि सी.डी सम्म निकाल्नलाइ हतार ! जोस क्या जोस !
पैसो मात्र हुनु
पर्च्च गोजा त्यस्ता नाथेले लेख्या पांग्दुरे गजललाई तु का तु भर्ने देखि
बजामने सम्म मिनेटाँ निस्किन्छ नयाँ नेपालाँ ! सुर होस् कि बेसुर ले होस्, न ताल, झ्याम कि झ्याम
मिनेटाँ गाएर बजाएर देखाई दिन्छन् ! कुनै कुनै जान्ने बुझ्ने संगीतकारले
विदेशको दुख र खटाइ देखेर सम्झउलान्बु-झाउलान् तर तिनका मगजाँ घुसे
पो ! जसरि हुन्छ पुस्तक निकालेर अनि अडियो मात्रै हैन यु-टुबनै सुनाएर शान
देखाउनुको त मज्जै नै बेग्लै भन्ठान्छन् ! कमाको धन जाए भाड्मे ! अनि २
बर्ष गधा जस्तरी जोतेर निकालेको गजलको एल्बम देखि पुस्तक बजारा कसैले
पढ़ेछछन् अथवा सुनेछन् भने त्यतिखेर यो पंक्तिकारलाइ ‘थुक्क’ भनिदिनु होला !
लेखाइ ‘कल्बिर’ छ हजुर मेरो ! कल्बिर
भनेको बुझ्नु हुन्छ ? तितो क्या निमको हजुरबालाई
कल्बिर भन्छ ! सत्य देख्या र घट्या कुरा लेख्दा कसैलाई चित्त दुखेछ भने
क्यार्नु ! नभाको कुरा’अर्यात हैन क्यार !
त्यसैले तपाइँ राम्रो
लेखक देखि गजलकार हुँदै कलाकार सम्म बन्नचाहनु हुन्छ भने पहिला
बेजोडको साधना गर्न सिक्नुस् ! सम्बन्धित संग पैला राय परामर्श लिनुस् ! धुन
भर्ने संगीतकारलाई पनि तपाईंको रचना देख्ना साथ भित्रै हृदय देखिने
संगीत भरु-भरु होस् अनि तपाईंको पुस्तकको गाता हेरेर हैन सब्द देख्नासाथ
पढ्ने पाठकले ‘वाह क्या गज्जब’ भन्न पाइयोस् तब न तपाइको लेखाइले सार्थकता
पाउँछ ! तपाईंको तपस्या सफल हुन्छ !
तर, फेस्बुकाँ पोस्टिया
गजलले डेढ-दुइ से (सय) लाइक पाम्दैमा तपाइको कृतिलाई ‘कपुरी क’ भनेर भन्न मिल्दैन !
जान्ने गम्किन्छ, नजान्ने चम्किन्छ गर्नु भो भने तपाइँलाइ कालिदास क्या “आफै बसेको हाँगा
काट्ने” को पद भन्दा अरु दिन सकिदैन !
त्यसैले यो गजल
महात्म्य पढेर केहि सिक्नु भो भने तपाइको पनि जय र मेरो पनि जय हुन्छ ! मेरो
जय चैँ यो मानेमाकी मैले पनि घुमाएर भए पनि एक जना धन भा बुद्धि नभा
बेकुपलाइ नेत्रदान गर्न सफल भएछु !
Title :
गजल पुराण !
Description : न तर्कुल्ले न बर्धन्ने , न एक्लक्के न दुइ लक्के , बाइमात्रा र दाहिनेको त झन के कुरा गराई भो ! नेपाली बर्णमाला कति थान अक्षेर हुन्छ भनेर...
Rating :
5