कस्तो छ त ९ करोड मूल्य पर्ने मोबाइल
फोन !!
काठमाडौं । मोबाइलको शौखिन
मानिसहरुका लागि खुसीको खबर छ । एउटा यस्तो मोबाइल
आउदै छ जसको मूल्य सुनेर तपाई होस उड्न सक्छ । यो फोन
आइफोन ५ ब्ल्याक डाइमण्ड हो ।
यसलाई एप्पल इण्डस्ट्रीज बनाएको भने होइन । यो फोन
विश्वविख्यात डिजाइनर स्टुअर्ट ह्युजले आफ्ना खास
ग्राहकका लागि बनाएका हुन् । यसको मुल्य १० लाख डलर
अर्थाक करिब ९ करोड रुपैया राखिएको छ ।
यसमा महंगो र दुर्लभ हीरा जडित छ ।
यसको अर्को विशेषता भनेको यो पूरै हातले बनाएको हो ।
जसमा एउटा फोन बनाउनका लागि नौ हप्ता अर्थात लगभग
दुई महिना लागेको बताइएको छ ।
यो फोन बनाउनका लागि पहिले ह्युजले आइफोनको चेसिस
बदलेका थिए । जुन काम निकै कठिन थियो । यसपछि उनले
यसमा कालो हिरा (ब्ल्याक डायमण्ड) प्रयोग गरेका थिए ।
यसलाई स्टुअर्ट ह्युज आइफोन ५ को नाम दिइएको छ । स्टुअर्ट
ह्युज बेलायतका एक प्रख्यात डिजाइनर हुन् । उनले
पछिल्लो समयमा २४ क्यारेट सुनवाला मोबाइल फोन
बनाएका थिए ।
Title :
कस्तो छ त ९ करोड मूल्य पर्ने मोबाइल फोन !!
Description : कस्तो छ त ९ करोड मूल्य पर्ने मोबाइल फोन !! काठमाडौं । मोबाइलको शौखिन मानिसहरुका लागि खुसीको खबर छ । एउटा यस्तो मोबाइल आउदै छ जसको म...
Rating :
5