
#मणिराज गौतम
नेपाल आँफैंमा प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश हो । त्यसमा पनि
प्रकृतिका सुन्दर दृश्यहरू, तरेली परेका फाँट, अग्ला होँचा चुचुरा पहाड,
सुन्दर उपत्यकाहरू, नदी, ताल, झरना, हिमश्रिङ्खला, हरियाली मैदान, लोक
संस्कृति, रहनसहन, भेषभुषा आदि फिल्मलाई सिंगार्ने चिजहरू हुन् । यहि
फिल्मलाई सिंगार्न सक्ने एउटा महत्वपूर्ण स्थान मध्यको मकवानपुर पनि एक हो
।
'प्राकृतिक सौन्दर्यता र ऐतिहासिक धरोहरको धनी मानिने मकवानपुर जिल्ला
नेपाली फिल्म सुटिङका लागि राम्रो गन्तव्य हो, 'जिल्ला पर्यटन बिकास समिति
मकवानपुरका सदस्य सचिव रामकृष्ण थापाले भने, 'यो क्षेत्रलाई प्राकृतिक
स्टेडियमा बनाउन सके नेपाली मात्रा हैन बिदेशी फिल्म सुटिङको पनि मुख्य
गन्तव्य वन्न सक्छ ।'
काठमान्डौबाट नजिकै रहेको मकवानपुरको सुन्दरतालाई सरकारले खासै वस्ता
नगरेको बताउँदै थापा भन्छन्, 'हामी बत्ति मूनिको अँध्यारो भएका छौं ।'
चलचित्र पत्रकार संघले हेटौंडामा आयोजना गरेको तीन दिने चलचित्र पत्रकारिता
कार्यशालामा उपस्थित पत्रकारहरूलाई सम्बोधन गर्दै थापाले थपे, 'तपाईंहरूले
आफ्नो ठाउँबाट पहल गरिदिनु भयो भने मकवनपुर सुटिङका लागि मात्र हैन
पर्यटनका लागि पनि मुख्य केन्द्र बन्न सक्छ ।'
सम्राट अशोककालिन चैत्य, ईन्द्रसरोवर, मकवानपुरगढी, चिसापानीगढी,
कुश्माण्ड सरोवर, टिस्टुङ, पालुङ, दामन भू टावर, सिमभञ्ज्याङ, सुनगाभा तथा
लालीँगुराँसको मनोरम भण्डार, पार्वतीय वनस्पति उधान तथा शितोषण वागवानी
केन्द्र, सहीद स्मारक पार्क, पाथीभारा, ऋषेश्वर महादेव, जुरेथुम,
अर्न्तराष्ट्रिय मूर्तिकला एवं पर्यटकिय पार्कसहित बिभिन्न जातजातीका भाषा,
कलासंस्कृति मकवानपुरको बिशेष आकर्षण रहेको थापाले बताए ।
वि सं. २०५२ सालमा 'सिंदूर पोते' फिल्मको सुटिङ भएसँगै नेपाली
फिल्मकर्मीको आँखामा परेको मकवानपुरमा त्यसपश्चात माया त माया हो, हिफाजत,
मनमनै मन पराएँ, वीरताको चिनो, कन्यादान, कर्णविर, बाटोमुनिको फूल, दबाब,
वडीगार्ड, हेल्लो प्रकृति, हवल्दार सुन्तलीसहित दर्जनौं फिल्मको सुटिङ
भईसकेको चलचित्र पत्रकार संघ हेटौंडा शाखाका सचिव मणिराज गौतमले जानकारी गराए ।
मणिका अनुसार मकवानपुरमा नेपाली मात्रा हैन भोजपुरी फिल्म तथा बिभिन्न
जातजातीका फिल्मको सुटिङ हुने गरेको छ । 'हामी अझै व्यवस्थित रूपमा
मकवानपुरको सुन्दरतालाई कैद गर्न सकेका छैनौं', गौतम भन्छन्, 'यहाँ सुटिङका
लागि हरेक पक्षले सहयोग गर्ने गरेको छ । हामी मकवानपुरको सुन्दरतामा
फिल्मकर्मी लोभिएको हेर्न चाहन्छौं ।'
काठमाण्डौबाट नजिकै रहेकाले मकवानपुरलाई सुटिङ थालो बनाउँदा आर्थिक भार
समेत नपर्ने भन्दै रामकृष्णले आन्तरिक र बार्ह्य पर्यटन भित्र्याउन
फिल्मले महत्वपूर्ण भूमिका खेल्ने भएकाले पर्यटन प्रबर्द्धनमा बिकास हुने
धारणा राखे । यस्तै उनले यहाँँको प्राकृतिक स्टेडियमलाई रोजेर फिल्मकर्मी
सुटिङ गर्न आउँदा प्राकृतिक र साँस्कृतिक संरक्षणमा पनि सहयोग पुग्ने बताए
।
यता पत्रकार गौतमले मकवानपुरको अधिकांश सुन्दर लोकेशनमा पुग्न यातायातदेखि
वास र गासको राम्रो व्यवस्था समेत रहेको बताए । उनले सुटिङ गर्दा लोकेशन
शुल्क समेत नलाग्ने बताए । मकवानपुरमा फिल्म सुटिङ गरेका फिल्मकर्मीको
अनुभव पनि राम्रो छ । मकवानपुरमा सुटिङ गर्दा हरेक पक्षबाट सहयोग मिल्ने
गरेको अनुभव उनीहरूसँग छ ।
मकवानपुरले कलाकार तथा द्धन्द निर्देशक राजेन्द्र खड्गी, अभिनेत्रीहरू
नीता ढुंगाना, ऋचा सिंह ठकुरी, हर्षिका श्रेष्ठ, अभिनेता अमिर गौतम,
सुशान्त श्रेष्ठ, कलाकार सुलेमान शंकर 'इकु', बिष्णु सापकोटा 'हर्के
हवल्दार', नबिन श्रेष्ठ, चर्चित फिल्म वितरक तथा निर्माता नरेन्द्र महर्जन,
संगीतकार चेतन सापकोटा, लक्ष्मण शेष लगायतका थुप्रै चिरपरिचित फिल्मकर्मी
तथा संगीतकर्मी जन्माएको छ ।
Title :
मकवानपुरमा सुटिङ गर्दा हरेक पक्षबाट सहयोग मिल्ने
Description : #मणिराज गौतम नेपाल आँफैंमा प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश हो । त्यसमा पनि प्रकृतिका सुन्दर दृश्यहरू, तरेली परेका फाँट, अग्ला होँचा...
Rating :
5