पवित्र तिर्थस्थलमा श्रद्धालु भक्तजनहरुले बजाउने जिनिसको नाम हो
घण्टा ! धातु द्वारा बनाईने सानो जिनिस्लाई घन्टी र मध्यम देखि ठुलो हुँदै भीमकाय सम्मको
यस्ता धातुको जिनिस्लाई घण्टा भनिन्छ ! यो हिन्दुको मन्दिर देखि जय मसीको चर्च
सम्म हुन्च्च र यसको काम भनेको भगवानलाई सुनाउन खुसिको बेला होस या दुख:को बेला
होस यो घन्टी देखि घण्टा दुवै जिनिस बजाउनु हो !
नेपाला अग्नि नियन्त्रक भन्ने जिनिस जस्लाई काँठे भाका दम्कल भन्ने
चलन छ लाई नेपाला भित्र्याको राणा सरकारले हो ! यो अग्नि नियन्त्रक भन्ने दमकलको
खलासी बस्ने ढोका निर घण्टा झुन्ड्याईन्थ्यो ! कुनै गाउँ टोला आग्लागी भो भन्ना
साथ बायु बेगा डाईभर दाई भन्नेले यो दम्कल भन्ने जिनिसलाई बायुपंखी घोडाको बेगा
उडाएर लैजाने गर्थ्यो ! त्यसरी उदाउँदा लोकले सुनुन भनेर खलासीले ट्वांग ट्वांग
पारेर घण्टा एकतमासले हल्लाउने गर्थ्यो !
कुनै पनि सग्ला अक्षर 'क' देखि बिचका अन्य 'म' 'प' 'ल' हरुमा खिचडी
तरिकाले बाईमात्रा, तर्कुल्ल्ले एकलक्के जस्तालाई मिसाई दियो भने त्यो सब्द सुनी
नसक्नु देखि हेरी नसक्नु सम्मको हुन्छ र उजुर बाजुर परेको खण्डमा झ्यालखाना जाक्न समेत
बेर लाम्दैनन,
तर,
घण्टा जस्तो, घण्टा सिती, घण्टा गर्छस भन्ने यस्ता सब्दहरु ईज्जेतदार
भन्ने सभ्य भाका पर्छन कि बेज्जती भन्ने असभ्य भाका पर्छन त्यो नेपालको
साईत्येकारहरुले खुट्याउलान तर भाले देखि पोथी सम्मको सबै तह र तप्काले यो घण्टा
भन्ने सब्द्लाई बडो पिरिमले प्रयोग गर्छन तर रिस उठेको बेला मात्र !
हिमाल देखि पहाड हुँदै भित्रि मदेस बाट तराई सम्म रिसा बेला अत्याधिक
प्रयोग हुने यो 'घण्टा' सब्दलाई भुरा देखि बुढा सम्मले बडो मया र पिरिम्ले प्रयोग
गर्ने भ को हुनाले मिल्ने हो भने यो सब्दलाई छिमेकीको 'लिम्का' भन्ने मिनी गिनिज
बुक देखि गोरा देसको 'गिनिज बुक' भन्ने जिनिसा समाबेस गरेनी कुनै फरक नपर्ला !
फिलिम भित्र गीत, संगीत, युद्ध देखि कलाका सप्पै रुपहरु हुन्छ ! केटा
केटिले एक आर्काको दिल चोर्ने र यसैलाई आधार बनाएर उताकाले बना फिलिमलाई यताकाले
सक्कल बमोजिम नक्कल दुरुस्त उतार्ने गर्छन ! आर्काको जिनिसलाई जस्ताको तस्तै
बनाउने देखि प्रयोग गर्ने हुँदै बोलिने सम्मको कलालाई 'चोर' भन्ने पदबिले सुसोभित
गरिन्छ ! नेपालीहरु चोर हो यो अरुले हैन हाम्राले हाम्रालाई दिने पदवी हो !
चोरको मामला हाम्रा भन्दा उत्तर देखि दक्षिण सम्मकाहरु खल्ली छन !
उत्तरकाको पुराण पछी कुनै दिन भट्याम्ला ! अस्ति न एकताका उहिलेको नेपाली अहिलेको
नाराने गाईने उदितेले उहिलेको डुप्पर हिट डेजी बराईलीले गा 'भैसी लड्यो है माया'
भन्ने भाका लाई हिन्दुस्थानी भाका 'उड्के चले हम तेरे बिनके पन्च्चिरे' भनेर भाका
ढालेर गाम्दा नेपाला दस रेक्टरको भईचालो गो ! उदिते गाईनेलाई सरापेर बसी खान देनन
!
अहिले फेरी उताकाले 'हम्टी शर्माके दुल्हनिया' भन्ने फिलिम बनाको रच्च
! त्यो फिलिम्मा हिरोनी भन्ने आइमेले 'घण्टा करेगा' देखि 'घण्टा करलेगा' भन्ने
सम्बाद धेरै ठाउँमा निर्धक्क साथ प्रयोग गरेकी रच्चन ! उदितेले गाम्दा युद्धस्तरा
बिरोधको गित गाम्ने नेपालको खबरीलालहरुले नेपालको सुपरहिट सब्द 'घण्टा' लाई देसी
भाका ढालेर सुपर देखि डुपर डाइलग बनाउदा किन एक सब्द लेखेनन तिन छक्क परेको छु
किनभने नयाँ नेपाल भन्ने लोकतान्त्रिक गणतन्त्रेको देसा उताको सप्पै जिनिस यताकाले
आँखा चिम्म गरेर चोर्नु हुन्छ तर यताको जिनिस उताकाले फिटिक्क चोर्नु त परै जावस
नाम समेत लिनु हुन्न भन्ने मान्यता छ रे भंच्चन !
Title :
घण्टा पुराण !
Description : जनक मान डंगोल पवित्र तिर्थस्थलमा श्रद्धालु भक्तजनहरुले बजाउने जिनिसको नाम हो घण्टा ! धातु द्वारा बनाईने सानो जिनिस्लाई घन्टी र मध...
Rating :
5